युनिलिभरको लाभांश घोषणा
युनिलिभर नेपालले आफ्ना सेयरधनीहरुलाई प्रतिकित्ता १५ सय ८० कित्ता लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको नाफाबाट उक्त नगद लाभांश घोषणा गरेको हो । गत असोज २६ गते बसेको सञ्चालक समितिको बैठकबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्णय भएको थियो ।
आर्थिक वर्ष २०७९/८० का लागि प्रतिकित्ता १५ सय ८० रुपैयाँ लाभांश अहिलेसम्मकै धेरै हो । उच्च लाभांश वितरणको घोषणासँगै कारोबारको यस अवधिसम्म सेयर मूल्य प्रतिकित्ता ४.३८ प्रतिशतले बढ्दै ३६ हजार ७५२ रुपैयाँ पुगेको छ ।