स्वास्थ्य बीमा बोर्डका बसौला निलम्बित
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई सरकारले निलम्बन गरेको छ। बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो।
स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।
बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो।