12:41PM
पौष ७ गते २०८२

मनाङ एयरको हेलिकप्टर दुर्घटना

असाेज २७ गते २०८०
11:39 am
Author Avatar
आर्थिक मञ्च

मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए । हेलिकप्टरमा आगलागी भएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलार्ई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धानपछि थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

रिप्लाई गर्नुहोस