05:44AM
फागुन २६ गते २०८२

शाइन रेसुङ्गाको ११.०५ प्रतिशत लाभांश

असाेज २४ गते २०८०
12:57 pm
Author Avatar
आर्थिक मञ्च

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँको १०.५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्नेछ ।

रिप्लाई गर्नुहोस