05:14PM
भाद्र ३१ गते २०८२

जिपी कोईराला मेमोरियल कलेजको शुभकामना तथा बिदाइ कार्यक्रम सम्पन्न

असाेज २० गते २०८०
6:29 pm
Author Avatar
आर्थिक मञ्च

परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन् । चावहिलस्थित जिपी कोईराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यक्ता रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री साउदले हाल धेरै सामुदायिक क्याम्पस भए पनि जिपी कोइराला कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट बनेकोमा क्याम्पस परिवार तथा विद्यार्थीलाई बधाई दिए । कलेजको स्थापना गर्नुमात्र ठूलो कुरा नभएर गुणस्तरीय शिक्षा प्रदान गर्नु महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

आफ्नो बक्तब्यमा उनले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि देशको शैक्षिक स्थिति र विद्यार्थीका धेरै कुरा बुझेको बताउँदै राम्रो नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका उत्तिकै महत्वपूर्ण हुने राम्ररी बुझेको दावी गर्दै गुणस्तरीय शिक्षा भएन भने जीवनमा सुख पाउन नसकिने तथा सबै कलेज र विद्यालयले समाज र देशलाई योगदान पु¥याउने खालको प्रभावकारी शिक्षा प्रदान गर्नुपर्नेमा रसमेत जोड दिएका थिए ।

त्यस्तै कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मीना पराजुलीले कलेजले विद्यार्थीको आवश्यक्ता अनुसार पढाउनु पर्ने भन्दै विद्यार्थीको आवश्यक्ता हेरेर पढ्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिईन् । समयको बिकास सँगै आधुनिक युगमा प्रविधिमैत्री शिक्षा थप प्रभावकारी र उपलब्धिमूलक हुने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा बिद्यार्थीको तर्फबाट विभिन्न साङ्गीतिक कोसेली प्रस्तुत गरिएको थियो । बिहान करीव ९ बजेबाट शुरु भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय २०७९ मा सामुदायिक क्याम्पसहरु मध्येबाट विएसएसडब्लुतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल दिया थापा मगरलाई नगदसहित प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

रिप्लाई गर्नुहोस