अबदेखि कम्पनी दर्ता अनलाइनबाटै
१५ असोजदेखि कम्पनी दर्ता, नवीकरण अनलाइनबाटै हुने भएको छ । कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै हुने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो । बजेट लगत्तै सुरु भएको सफ्टवेर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रार महेश बरालले जानकारी दिए ।
सफ्टवेयरको अन्य काम भइरहेका छन्, तत्कालका लागि कम्पनी दर्ता भने १५ असोजदेखि गर्न सकिने अवस्था छ,’ बराले भने, ‘यसको तयारीका लागि कम्पनीहरु र कार्यालयको तर्फबाट काम भइरहेको छ ।’
कम्पनी दर्ता र नवीकरणसमेत अनलानबाट गर्ने आवश्यक तयारीका लागि कम्पनीसँग सरोकार राख्ने सबैका लागि सूचना जारी गरिएको पनि रजिष्ट्रार बरालले बताए ।