07:43AM
फागुन २७ गते २०८२

ग्लोबल आईएमई बैंक र जीडब्लुएम नेपालबीच समझदारी

भाद्र २० गते २०८०
5:39 pm
Author Avatar
आर्थिक मञ्च

ग्लोबल आईएमई बैंक लिमिटेड र भीजी इम्पेक्स प्रा.लि. जीडब्लुएम नेपाल बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।

समझदारीमा बैंकले, भीजी इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात सहित बैंकको कार्यालयमा निवेदन दिए पश्चात् बैंकले नियमानुसार उचित ठहर्‍याएका ग्राहकलाई सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

रिप्लाई गर्नुहोस