09:32AM
फागुन २७ गते २०८२

नेप्से सूचकमा ६.४५ अंकको गिरावट

भाद्र १९ गते २०८०
4:37 pm
Author Avatar
आर्थिक मञ्च

निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप ६.४५ अंकले घटेर १९ सय ६१.३७ अंकको विन्दुमा ओर्लिएको छ । नेप्सेमा सूचिकृत अधिकांश सूचक ऋणात्मक हुँदा आज कारोबार रकममा समेत अनपेक्षित गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दोस्रो बजारको सेयर कारोबार ७९ करोड ६८ लाख ७० हजारमा खुम्चिदा जम्मा २४ लाख ८० हजार कित्ता सेयर मात्र किनबेच भएको छ ।

आज म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । भने एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने निरुदी लघुवित्त वित्तीय संस्थाको मूल्य ९.८५ प्रतिशतले बढेको छ ।

रिप्लाई गर्नुहोस