09:28AM
फागुन २७ गते २०८२

सेल्सबेरीको ‘म्याजिक मनसुन’अफरमा भारी छुट

भाद्र १५ गते २०८०
5:08 pm
Author Avatar
आर्थिक मञ्च

सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन’ अफर ल्याएको छ । भदौ १ देखि लागु भएको यो अफर भदौ महिनाभर चल्नेछ । सेल्सबेरीमा सपिङ गर्ने ग्राहकले यस अफरमा भारी छुट प्राप्त गर्ने छन ।

रक्षा बन्दन, गाइजात्रा, कुशे औंशी र तीजको अवसरलाई लक्षित गरेर अफर सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ ।

घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सबेरीले जनाएको छ । यो अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ ।

यस अफरमा वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा भने १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । सेल्सवेरीका अनुसार १० प्रतिशत छुट प्राप्त हुनेछ ।

रिप्लाई गर्नुहोस