चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ

प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । यो सँगै जम्मा संख्या ७ पुगेको हो ।
पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको छ ।
सि आइ बीको बिषेश अपरेशनबाट अ.उनीहरुलाई अनुसन्धानको लागि पक्राउ गरीएको हो ।
