फुडमाण्डुको हिमालयन क्यापिटललाई शेयर बिक्री
टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई आफ्नो लगानीको आशिंक शेयर बिक्री गरेको छ । टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
टिम भेन्चर्स उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारी जस्ता नाफा मुलकक्षेत्रहरूमा विधिधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनि हो । फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो ।
यस कार्यले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्ट सहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको कम्पनीको भनाइृ छ ।