दोहोरो अंकले सेयर बजार घट्यो
आज मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेपनि पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य देखियो ।
मंगलबार २६२ धितोपत्रको ४० हजार ८३७ वटा कारोबारबाट ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार होटल र टुरिजम, वित्त, विकास बैंक तथा जलविद्युत क्षेत्रका लगानीकर्ताले धेरै गुमाएका छन् । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर ४.६० प्रतिशतले बढ्यो ।
किसान लघुवित्त, हिमालयन लघुवित्त, प्रोग्रेसिभ फाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । अपर तामाकोशीको मंगलबार धेरै कारोबार भएको छ ।