01:04PM
फागुन २७ गते २०८२

सानिमा बैंक ग्यारेन्टी जमानत सेवा अनलाइनबाट

श्रावण १२ गते २०८०
11:57 am
Author Avatar
आर्थिक मञ्च

सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी जमानत सेवाको सुरुवात गरेको छ ।

यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । बैंक ग्यारेन्टी जमानत प्रक्रिया पूरा भएको सूचना इमेल मार्फत प्राप्त गर्नेछन् ।

सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी जमानत सङ्कलन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । यस प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।

रिप्लाई गर्नुहोस