01:04PM
फागुन २७ गते २०८२

सेयर बजारमा १.३७ प्रतिशतको गिरावट

श्रावण ११ गते २०८०
6:12 pm
Author Avatar
आर्थिक मञ्च

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आएर रोकियो । यो १.३७ प्रतिशतको गिरावट हो । बिहीबार २७१ धितोपत्रको ४४ हजार ६७२ वटा कारोबारबाट ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकम २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ बराबर भएको छ । आज सबै उपसूचक राताम्य देखिए ।

एनआइसी एसिया फ्लेक्जी क्याप फण्ड, मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल, अभियान लघुवित्तसहितका धितोपत्रको मूल्य बिहीबार धेरैले बढेको छ ।

किसान लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, माइ खोला हाइड्रो, मिथिला लघुवित्त, बरुण हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्टको धेरै कारोबार भएको छ ।

रिप्लाई गर्नुहोस