02:49PM
फागुन २७ गते २०८२

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा

श्रावण ३ गते २०८०
5:18 pm
Author Avatar
आर्थिक मञ्च

प्राइम कमर्सियल बैंकको साढे १३ लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । प्राइम बैंकको संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १७ गतेसम्म रहेको छ।

रिप्लाई गर्नुहोस