04:50PM
फागुन २७ गते २०८२

एसबीआई बैंकको २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री

श्रावण २ गते २०८०
2:06 pm
Author Avatar
आर्थिक मञ्च

नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि र बाँकी १२ लाख इकाई भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९।७५ प्रतिशत ब्याजदर तोकिएको छ । एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

रिप्लाई गर्नुहोस