04:44PM
फागुन २७ गते २०८२

लक्ष्मी बैंक र सनराइज बैंक एकीकृत कारोबारमा जाने

असार २७ गते २०८०
11:40 am
Author Avatar
आर्थिक मञ्च

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक आगामी शुक्रबार अर्थात् असार २९ गतेदेखि एकीकृत कारोबारमा जाने भएका छन् । केन्द्रीय बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई बैंक मर्जरमा जाने भएका हुन् ।

यसअघि लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड गाभिई साबिकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व वित्तीय कारोबार एकीकृत भई एउटै बैंक बन्नेछ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने मर्जर तथा प्राप्ति एक्विजिशन सम्बन्धी विनियमावली, २०७३ पाँचौ संशोधन, २०७९ को विनियम ११ को उप–विनियम ७ बमोजिम सर्वसाधारणको लागि बैंक मर्जर भएको जानकारी गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

रिप्लाई गर्नुहोस