03:01PM
कार्तिक १० गते २०८२

टाटा टियागो महिला ग्राहकहरुको रोजाइमा

असार २४ गते २०८०
3:11 pm
Author Avatar
आर्थिक मञ्च

नेपाली बजारमा टाटा टियागोको बजार तीब्र ढंगले बढेको कम्पनीले बताएको छ । नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्री भएको कम्पनीले जनाएको छ ।

भारतको अग्रणी टाटा मोटर्सले टाटा टियागो ह्याच ब्याक मोडलका ५ लाख वटा गाडीहरु बिक्री गर्न सफल भएको छ । सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले ७ वर्षको छोटो अवधिमै यो सफलता हासिल गरेको छ । कम्पनीका अनुसार टियागोले “नेट प्रोमोटर स्कोरमा” पनि ५१ अंक हासिल गरेको छ जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार यो वर्गमा महिला ग्राहकहरुको संख्या पनि उल्लेख्य रहेको कम्पनीले बताएको छ।

रिप्लाई गर्नुहोस