04:47PM
फागुन २७ गते २०८२

नेपाल एसबीआई बैंकको ऋणपत्र निष्कासनमा अन्तिम स्वीकृति

असार २२ गते २०८०
1:40 pm
Author Avatar
आर्थिक मञ्च

नेपाल एसबीआई बैंक लिमिटेडले रु. २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा अन्तिम स्वीकृतिको लागि पेस गरेको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही असार १७ गते सेबोनमा स्वीकृतिको लागी पेश गरेको हो । बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आगामी १० वर्ष सम्मको लागी कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले कूल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागी र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्नेछ ।

रिप्लाई गर्नुहोस