08:25PM
फागुन २७ गते २०८२

भोलि देखि आईपीओ निष्काशन गर्दै,अप्पर स्याङ्गे

असार ९ गते २०८०
8:51 pm
Author Avatar
आर्थिक मञ्च

अप्पर स्याङ्गे हाईड्रोपावरले भोलि १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले दोस्रो चरणमा ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि सर्वसाधारण लगानीकर्ताहरुले अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । साथै कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असार १३ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ ।

रिप्लाई गर्नुहोस