01:11PM
असार २ गते २०८१

परिसूचक नेप्सेमा २६.५६ अंकको गिरावट

असार ५ गते २०८०
3:47 PM
Author Avatar
आर्थिक मञ्च

आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज मंगलबार कारोबार रकम घटेर ४ अर्ब ११ करोड ६ लाखको झरेको छ ।

मंगलबार लगानी उपसूचक सर्वाधिक ०.७३ प्रतिशतले वृद्धि हुँदा उत्पादनमूलक उपसूचक ०.१७ प्रतिशत र व्यापार उपसूचक ०.०१ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचकमा ०.०७ प्रतिशले मात्रै गिरावट भएपनि वित्त कम्पनी उपसूचक ३.७० प्रतिशत, जीवन बीमा उपसूचक २.७५ प्रतिशत, अन्य उपसूचक २.४३ प्रतिशत,निर्जीवन बीमा उपसूचक २.३९ प्रतिशत, लघुवित्त उपसूचक २.१६ प्रतिशतले घटेको छ । यस्तै हाइड्रोपावर उपसूचक २.४६ प्रतिशत र विकास बैंक उपसूचकमा १.५२ प्रतिशतले गिरावट भएको हो ।

घटेको बजारमा मंगलबार नेपाल इन्फ्रास्ट्रचर बैंकको सर्वाधिक २० करोड ५८ लाखको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको १९ करोड ४४ लाख र हिमालयन डिस्टिलरीको १३ करोड ६० लाखको कारोबार भएको छ ।

रिप्लाई गर्नुहोस