08:31PM
चैत्र १७ गते २०८१

नेपाली ईस्कुस भारत पठाउन बाटो खुल्यो

असार १ गते २०८०
5:49 PM
Author Avatar
आर्थिक मञ्च

ईलाम: तरकारीमा ईस्कुस बिषेश गरेर ईलाममा पर्याप्त रुपमा उत्पादन हुने गरेको छ । त्यसमा पनि सबैभन्दा बढी ईलामको सूर्योदय नगरपालिकामा उत्पादन हुने गरेको छ ।
सुर्योदय नगरपालिका साथै अन्य पालिकाहरु त्यस्तै अन्य जिल्लाहरुबाट पनि ईस्कुस यहि नगरपालिकाको पशुपतिनगर नाकाको बाटो भएर भारत जाने गरेको छ ।
जिल्लाका कृषकहरु उचीत रुपमा बजार नपाउँदा अवैधानिक रुपमा दैनिक जसो गोरेटो बाटो प्रयोग गरी ईस्कुसको भारी बोकेर भारतमा लैजाने गरेको मेयर रण बहादुर राईले जानकारी दिनुभयो ।
भारतमा निर्यात हुने सागसव्जी मध्ये ईस्कुसलाई Plant Quarantine List मा समावेश नगरेको कारण कुनै बेला भारतले त्यो बाटो बन्द गरेमा हजारौं किसानहरु र व्यवसायीहरु समस्यामा पर्ने भनाई छ । जोखिमका कारण झापाबाट ईस्कुस भारत निर्यात गर्न नसकिरहेको भनाई छ । यहि कुरा लिएर सूर्योदय नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर प्रयास गरिरहेकोमा सफल भएको छ । उक्त कार्य इलामको सूर्योदय नगरपालिकाको मात्रै नभएर मुलुक कै निम्ति महत्वपूर्ण काम रहेको छ । साथै किसानहरुले उत्पादन गरेको ईस्कुसको बजार सुनिश्चित भएको छ ।

रिप्लाई गर्नुहोस