12:46PM
असार २ गते २०८१

सन‍्‍राइज बैंकको निःशुल्क स्वास्थ्य शिविर

जेठ ३१ गते २०८०
8:52 AM
Author Avatar
आर्थिक मञ्च

सन‍्‍राइज बैंकले बुटवलस्थित तिलोत्तमा आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । रुपन्देहीको शुद्धोदन गाउँपालिकास्थित जनता माविमा सञ्चालन गरिएको शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र अन्य जाँचसम्बन्धी सेवाहरु लिएका थिए ।

त्यसैगरी बैंकको दुहबी शाखाले विराटनगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा छिटाहा माविस्थित छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ जना सहभागी थिए ।

रिप्लाई गर्नुहोस