08:05PM
वैशाख २६ गते २०८२

सुन्दर देशलाई अझ सुन्दर बनाउने कसरी ?

जेठ २८ गते २०८०
4:16 PM
Author Avatar
आर्थिक मञ्च

देशले प्राकृतिक रुपमा सम्पुर्ण थोक दिएको छ । तर सुसासन र व्यवश्था राम्रो बनाउन नसकेर दिनानु दिन गरीबी, बेरोजगारी, मुल्य वृद्धि आदि समस्याका कारणले गर्दा जनजीवन कस्टकर बन्दै गईरहेको छ ।
दिनानु दिन भ्रष्टचारले सिमा नागेको छ । राज्यले ठोष निर्णय लिन नसक्नु यसको प्रमुख कारण रहेको छ ।
राज्यले देशमा उध्योग कलकारखानाहरुको बिकाश गरि रोजगारीको सिर्जना गरिदिने, शिक्ष छेत्रलाई अझ प्रभावकारी बनाईदिने, स्वास्थ्यको क्षेत्रमा पनि बिषेश प्रकारका कार्यहरु गरिदिने साथै कृषि क्षेत्रमा लागेका अधिकांश मानिसहरुको लागि एउटा नयाँ आयाम ल्याउन सकेको खण्डमा साथै राम्रो बजरको व्यबस्था गरिदिने हो भने देशमा बसेर केहीगर्न सक्ने वातावरणको सिर्जना गरिदिने हो भने मानिस बिदेसीन वाध्य हुनुपर्ने थिएन र देशले विस्तारै कांचुली फेर्ने थियो ।
देशमा अनेकन प्रकारका विज्ञहरुको कमी छैन्, त्यसको सहि उपयोग गरि एउटा नयाँ आयाम ल्याउन जरुरी अवश्य हुन जान्छ । बिकासको गति संगै अनेकन परिस्थितीहरुको सामना गदै हिडीरहेका सम्पुर्ण जनताको ईच्छा हुन्छकी देशमै केहि गरौं र यहाँको सम्पुर्ण व्यवश्थाहरु राम्रो होस् । कार्ययोजनाहरु धेरै राम्रा बन्ने गर्दछन् तर कार्यान्वयन हुन भने कठिन हुने गरेको छ ।
प्राकृतिक रुपमा सुन्दर रहेको देशलाई व्यवहारिक रुपमा पनि सुन्दर बनाउने र व्यवस्थित गर्ने हो भने साच्चै नै देश विश्वमा नं वान हुनेछ भन्ने बुझ्नु जरुरी छ ।

रिप्लाई गर्नुहोस