अस्ट्रेलियाली टिम वाट्स सहायक विदेशमन्त्री काठमाडौंमा

अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन् ।
सहायक विदेशमन्त्री वाट्सको भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीचको निकट सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सहायकमन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकोछ ।
नेपालबाट चोरी भएर अस्ट्रेलिया पुगेको रत्नेश्वर मन्दिरको टुँडाल आर्ट ग्यालरी न्यू साउथ वेल्सले नेपाललाई फिर्ता गर्ने भएको छ । संग्रहालयका निर्देशक डा। माइकल ब्रान्डले उक्त टुँडाल हस्तान्तरण गर्ने कार्यक्रममा वाट्स सहभागी हुनेछन् । वाट्सले पशुपतिनाथ मन्दिर र बौद्धनाथको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
