नेता अग्नि सापकोटा नेतृत्वको टोली चीन जाँदै

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन भ्रमणमा जाने भएको छ । सभामुखको जिम्मेवारीबाट निस्किएपछि पहिलोपटक सापकोटा जेठ पहिलो साता चीन भ्रमणमा जान लागेका हुन् । सापकोटाको नेतृत्वमा १८ जनादेखि २० जनाको टोली चीन भ्रमणमा जान लागेको पार्टी केन्द्रीय सदस्यले बताए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी टु पार्टी सम्बन्ध विस्तार र अनुभव आदनप्रदानमा जान लाग्नुभएको हो । नियमित कार्यक्रम अन्तर्गत सापकोटा चीन भ्रमणमा जान लागेका हुन् । सापकोटाको नेतृत्वमा अरु पार्टीका नेता र जनवर्गीय संगठनका नेताहरु समेत सहभागी हुने भएका छन् ।
