02:49PM
असार २ गते २०८१

सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा छुट

वैशाख २८ गते २०८०
8:01 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा सनराइज बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन् ।

बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका थिए ।

बैंकका ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्यू आर वा मोवाइल बैंकिङ मार्फत अरोगिन हेल्थकेयरमा विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशतसम्मको छुट पाउने छन् ।

रिप्लाई गर्नुहोस