10:13PM
माघ ३० गते २०८१

उपमेयर डङ्गोलले चीनमा कला प्रस्तुत गर्दै

वैशाख २७ गते २०८०
5:41 AM
Author Avatar
आर्थिक मञ्च

चीनमा आज एक कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले आफ्नो कला प्रदर्शन गर्ने भएकी छिन् ।

मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालको तर्फबाट उपमेयर डङ्गोलले आफ्नो प्रस्तुति दिन लागेकी हुन् ।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन डब्लुटिसिएफको निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी उपमेयर डङ्गोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुति दिने भएकी हुन्।

‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा प्रस्तुति दिने महानगरपालिकाले जनाएको छ ।

रिप्लाई गर्नुहोस