02:00PM
श्रावण ४ गते २०८२

जगदम्बा स्टिल्सको फेब्रिकेटर्स रिवार्ड योजना

वैशाख २४ गते २०८०
6:09 am
Author Avatar
आर्थिक मञ्च

आयोजित साधारणसभाको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए । उपराष्ट्रपति यादवले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको विकास र विकासमा महासंघ र यसका सदस्यहरूले पुर्याटएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष मोहन कटुवाल र जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारीले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको महत्व, यसको विकास र प्रवर्द्धनमा महासंघको भूमिकाबारे प्रकाश पारेका थिए ।

महाप्रबन्धक तिवारीले यस कार्यक्रममा साझेदार बन्ने अवसर प्रदान गरेकोमा महासंघप्रति कृतज्ञता व्यक्त गर्दै उद्योगका सरोकारवालाहरूलाई एकसाथ ल्याउन, सहकार्य र सिकाइलाई बढावा दिन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रमले उद्योग विशेषज्ञ, व्यवसायी नेता र सरकारी अधिकारीहरुलाई एकसाथ आउन, विचारहरू आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्नका साथै उद्योगले सामना गरिरहेका चुनौतीहरूको बारेमा पनि छलफल भएको महासंघले जनाएको छ ।

कम्पनीका अनुसार फ्याब्रिकेटर्स रिवार्ड योजना फ्याब्रिकेटर्सहरुलाई प्रोत्साहन गर्न र लाभ प्रदान गर्न तयार गरिएको योजना हो । यस योजना अन्तर्गत जगदम्बा सुपरसाइन वा जगदम्बा गाल्भा प्लस् प्रति वर्ष ५ देखि १० टन किन्ने फ्याब्रिकेटर्सले प्रतिकिलोग्राम १ रुपैयाँ र प्रति वर्ष १० टन भन्दा बढी किन्नेले प्रतिकिलोग्राम १.५० रुपैयाँ प्राप्त गर्नेछन् । जसमा ५ लाख बराबरको एक वर्षको दुर्घटना बीमा पनि समावेश गरिनेछ ।

रिप्लाई गर्नुहोस