मुक्तिनाथ विकास बैंकको बृहत साक्षरता कार्यक्रम
देशभर मुक्तिनाथ विकास बैंक लिमिटेडले बृहत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियान अनुसार बैंकका सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयले शुक्रबार र शनिबार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
ग्राहकहरुमा वित्तीय साक्षरता पुराउने र बैंकिङ सेवा, सुविधाहरुको जानकारी दिन साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैलो कार्यक्रम गरेको बैंकले जनाएको छ । जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मुलनाराका साथ कार्यक्रम आयोजना गरेको बैंकको भनाइ छ ।