08:29AM
जेठ १ गते २०८२

सांसद देवकोटाको सुझाव–अर्थतन्त्र सुधार गर्न ५ सय र हजारका नोटको छपाई रोक्नुपर्ने

वैशाख १३ गते २०८०
11:35 AM
Author Avatar
आर्थिक मञ्च

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका छन् ।

आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका हुन् ।

उनले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने दाबी गरे । उनले बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र बिचौलियाले बोरामा लुकाएर राख्ने गरेको दाबी गरे ।

उनले नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजश्व संकलन अनुपात भारीमात्रामा घटेको, उद्योगी व्यवसायी धराशायी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको बताए ।

रिप्लाई गर्नुहोस