11:50PM
मंसिर १८ गते २०८१

विद्युतीय सवारीको आयात बढ्दै

वैशाख ११ गते २०८०
7:02 AM
Author Avatar
आर्थिक मञ्च

चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ प्रतिशतले वृद्धि भएको छ । गत साउनदेखि चैतसम्म २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएका छन् । गत वर्षको अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । चैतमा मात्रै २ सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

भारतपछि चीनबाट एक सय किलोवाट क्षमताका ३ सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका २ सय ४० र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधान आयात भएका छन् । दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि तीन सय किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

चालु आर्थिक वर्षको नौ महिनामा करिब ७अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म २ हजार ४५१ वटा विद्युतीय सवारी आयातमा ६ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ ।

रिप्लाई गर्नुहोस