सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा छुट

भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सनराइज बैंकले सम्झौता गरेको छ । उक्त सम्झौतामा सनराइज बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतमा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रवीनकुमार नेपाल र हस्पिटलकातर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरे ।
इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित अस्पताल हो । सम्झौतामा सनराइज बैंकका ग्राहकले सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १० प्रतिशतसम्म छुटका साथै सबै मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
