11:28PM
चैत्र १३ गते २०८१

सिद्धार्थ बैंकको नेपाल आँखा अस्पताललाई सहयोग

वैशाख १० गते २०८०
8:10 AM
Author Avatar
आर्थिक मञ्च

सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँ त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आँखा शल्यक्रियाको लागि रु. पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभ्रे , धादिङ्ग, नुवाकोट र रसुवा जस्ता दुर्गम क्षेत्रका मोतिबिन्दु रोगीहरुको पहिचान गरि उहाँहरुको आँखा शल्यक्रिया गर्नका लागि उपयोग गर्ने जनाइएको छ ।

सो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नपाइरहेका विरामीहरुको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

रिप्लाई गर्नुहोस