08:03AM
वैशाख १५ गते २०८२

आइएमईको नयाँ योजना अफर सार्वजनिक

वैशाख ८ गते २०८०
9:48 AM
Author Avatar
आर्थिक मञ्च

नयाँ वर्ष २०८० को अवसरमा आइएमईले ७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।

जसअनुसार विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद रु ७ हजार प्रदान गरिने छ । यो योजना वैशाख ३१ सम्म सञ्चालन हुनेछ ।

विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ ।

रिप्लाई गर्नुहोस