11:14PM
माघ ३० गते २०८१

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव

वैशाख ३ गते २०८०
9:24 AM
Author Avatar
आर्थिक मञ्च

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३२ हजार रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा लाभांश वितरण हुनेछ ।

रिप्लाई गर्नुहोस