वैदेशिक रोजगारमा अमेरिका र कोरिया पठाइदिन्छु भनी ठगी गर्ने एक पक्राउ
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भएका थिए । ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
