विदेशी मुद्रा सञ्चिति बढ्यो

विदेशी विनियम सञ्चिति बढ्दै गएको बढेको छ । माघ महिनासम्म १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको विदेशी विनियम सञ्चिति फागुनसम्म १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ । असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातका आधारमा मान्दा विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले बढेर १२ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ बराबर पुगेको छ । २०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
