स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न दूरसञ्चारको निर्देश
दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ । दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
दूरसञ्चार सेवा अतिआवश्यक पर्ने भएकाले अनुमति पत्र बहाल हुँदासम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ । स्मार्टको लाइसेन्स आगामी वैशाख २ गते सकिंदैछ तर कम्पनीले केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको छ ।