डाबर नेपालले एचआर एक्सिलेन्स पुरस्कार जित्यो

नेशनल एचआर एक्सिलेन्स अवार्ड–२०२३ डाबर नेपालले जितेको छ । अवार्ड विजेता घोषणा मार्च ३१ मा गरिएको थियो ।
यो पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एच. आर. मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको जनाइएको छ ।
अवार्ड डाबर नेपालका एच. एस. बेदी व्यवसाय प्रमुख , अनिल पुरी हेड एच. आर र एच. आर. विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको थियो ।
