ग्लोबल आईएमईको हृयाप्पी आवर्स योजना
आफ्ना ग्राहकहरुका लागि ग्लोबल आईएमई बैंक लिमिटेडले हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
बैंकले मोबाइल बैंकिङ एप्लिकेसन–ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् । चैत १९ देखि २०८० वैशाख १६ सम्म सञ्चालन हुने यो योजनामा प्रति ग्राहक प्रति दिन एक कारोबारको क्यासब्याक हुनेछ।
यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ ।
१ आइतबार बेलुका ७-१० बजेसम्म मोबाइल डाटा प्याक खरिद २० प्रतिशतसम्म (अधिकतम रु. १०००
२ सोमबार बेलुका ७-१० बजेसम्म टिभीको बिल भुक्तानी २० प्रतिशतसम्म (अधिकतम रु. १०००
३ मंगलबार बेलुका ७-१० बजेसम्म इन्टरनेटको बिल भुक्तानी २० प्रतिशतसम्म (अधिकतम रु. १०००
४ बुधबार बेलुका ७-१० बजेसम्म हवाईजहाजको टिकट खरिद २० प्रतिशतसम्म (अधिकतम रु. २०००
५ शनिबार बिहान ७-७ बजेसम्म केबलकारको टिकट खरिद २० प्रतिशतसम्म (अधिकतम रु. २०००