06:50AM
जेठ १ गते २०८२

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित

चैत्र १६ गते २०७९
11:21 AM
Author Avatar
आर्थिक मञ्च

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा साधारणसभा सम्पन्न भएको हो । अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम साधारण सभाबाट ३.३२५५ बोनस शेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।

रिप्लाई गर्नुहोस