12:28AM
मंसिर १८ गते २०८१

नेपाल लाइफको भविष्य जीवन बीमा योजना

चैत्र १० गते २०७९
7:38 AM
Author Avatar
आर्थिक मञ्च

सुनौलो भविष्य जीवन बीमा योजना कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको छ । आज कमलादीमा आयोजित एक विशेष समारोहमा उक्त योजना सार्वजनिक गरिएको हो । कम्पनीका अधिकृत अमित कुमार कयालले उक्त बीमा योजना सार्वजनिक गरे ।

आर्थिक संकट आफू तथा आफ्नो परिवारलाई सामना गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भनेर एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने कम्पनीको भनाइ छ ।

सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो । जसमा बीमितको उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम रू २५,००० रहेके छ ा अधिकतम बीमाङ्क रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिने कम्पनीले जनाएको छ ।

रिप्लाई गर्नुहोस