11:24PM
चैत्र १३ गते २०८१

सामसङले ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा भित्र्याउने

चैत्र ९ गते २०७९
11:29 AM
Author Avatar
आर्थिक मञ्च

सामसङले नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा छिट्टै भित्रिने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए३४ ५जीमा ४८ एमपी प्राइमेरी क्यामेरा र २ एमपी म्याक्रो लेन्स रहेका छन् भने ग्यालेक्सी ए५४ ५जीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपीको अल्ट्रा वाइड एङ्गल लेन्स जडित छ ।

सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो रहेको कम्पनीले जनाएको छ ।

रिप्लाई गर्नुहोस