नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ

आजदेखि सीजी मोटर्सले नेटा भी एक्सचेञ्ज क्याम्प सुरु गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु गरेको हो।
चैत १० सम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने छ ।
यसमा सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।
यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।
