01:14PM
असार २ गते २०८१

अल्फा अटोमोटिभले रोयल इन्फिल्डको बजारीकरण थाल्यो

चैत्र ७ गते २०७९
11:56 AM
Author Avatar
आर्थिक मञ्च

रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौँ उपत्यकामा एकैसाथ २ वटा शोरुम सञ्चालनमा ल्याएको छ । त्रिवेणी ग्रुप अन्तर्गत रहेको अटोमोटिभले नारायणचौर नक्साल र कोटेश्वरको बालकुमारीमा शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमबाट बाइक, राइडिंग गियर जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पाट्र्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको जनाएको छ । कम्पनीको मुख्य उद्देश्य ग्राहक सन्तुष्टि नै रहेको छ ।

रोयल इनफिल्ड विश्वको सबैभन्दा पुरानो मोटरसाइकल कम्पनी हो । अटोमोटिभले आफ्नो एवं डिलर समेत गरी कम्पनी मापदण्डका हाल ६ वटा शोरुम सञ्चालन गरिरहेको छ । यसबाहेक चैत महिना भित्र थप ४ वटा र असार महिनाभित्र थप ८ वटा शोरुम सञ्चालनमा ल्याउने योजना अटोमोटिभको छ । देशभर रोयल इन्फिल्डको कूल १८ वटा शोरुम हुनेछन् ।

रिप्लाई गर्नुहोस