02:35PM
असार २ गते २०८१

एभरेष्ट बैंक र आईएमई मोटर्सबीच सम्झौता

चैत्र ६ गते २०७९
6:24 AM
Author Avatar
आर्थिक मञ्च

नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरे ।

सम्झौतामा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्नेछन् ।

अशोक लेल्यान्डका सवारी साधन चाहना अनुसार किन्नका लागि बैंकले अधिकतम ७ वर्षसम्मका लागि करिब १४ प्रतिशतसम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने छ ।

रिप्लाई गर्नुहोस