10:45PM
चैत्र १३ गते २०८१

प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता

चैत्र ५ गते २०७९
8:16 AM
Author Avatar
आर्थिक मञ्च

प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट अधिकृत राम पोखरेल र सीजीका तर्फबाट अधिकृत हेमन्त अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

हाल बैंकको देशभर रहेका ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकको विश्वास छ ।

रिप्लाई गर्नुहोस