02:27PM
असार २ गते २०८१

अब दराज एपबाटै सामसङ ग्यालेक्सी एम०४ मोबाइल प्री-अर्डर गर्न सकिने

चैत्र १ गते २०७९
11:41 AM
Author Avatar
आर्थिक मञ्च

सामसङले दराजबाट ग्यालेक्सी एम०४ को प्री-अर्डर सोमबारदेखि खुल्ला गरेको छ ।

ग्यालेक्सी एम०४ र्‍याम प्लसका साथ ८ जीबी र्‍यामसम्म बढाउन सकिने विशेषता उपलब्ध छ । र्‍याम प्लसले प्रयोगकर्ताहरुलाई आवशयकता बमोजिम र्‍यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्दछ ।

ग्यालेक्सी एम०४ मा १ टीबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा रहेकोले प्रयोगकर्ताहरुले स्टोरेजको चिन्ता लिनु नपर्ने कम्पनीको भनाइ छ । यसमा मिडिया टेक हेलियो पी ३५ प्रोसेसर जडित रहेको छ, जुन २.३ गेगाहर्जसम्म चलाउन सकिन्छ ।

ग्यालेक्सी एम०४ मा प्रभावशाली अवलोकन अनुभूतिका लागि ६.५ यनचको डिस्प्ले रहेको छ । यो फोनमा ५००० एमएएच ब्याट्री जडित लामो समयसम्म टिक्छ र इन–बक्स चार्जरसहित उपलब्ध छ ।

ग्यालेक्सी एम०४ को ४ जीबी प्लस ६४ जीबी मोबाइलको बजार मूल्य १५ हजार ९९९ र ४ जीबी प्लस १२८ जीबी मोबाइलको बजार मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी एम०४ २ प्रचलित रङ्ग, हरियो र निलोमा उपलब्ध रहेको र यो केवल दराज एपबाट प्री-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

रिप्लाई गर्नुहोस