11:08PM
माघ ३० गते २०८१

नेपाल एयरलाइन्सको नयाँ इतिहास

फागुन २४ गते २०७९
7:07 AM
Author Avatar
आर्थिक मञ्च

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ ।

एयरलाइन्सको आजको दुबई-काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिला थिए । जसमा पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले जहाज उडाएका थिए ।

एयरहोस्टेसमा पनि सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेका हुन् ।

यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

रिप्लाई गर्नुहोस